Monday, September 30, 2013

बेला बेला आफैलाई छल्नु रै’छ जिन्दगानी ,

गजल

शान्ति अधिकारी बाके मिति २०७०
बेला बेला आफैलाई छल्नु रै’छ जिन्दगानी , दुःख अनि पिडा खप्दै चल्नु रै’छ जिन्दगानी । बिकृति र बिसगंती भित्र जिउन गाह्रो हुदा , पानी हैन आशु पिउदै गल्नु रै’छ जिन्दगानी । देश भित्र नातावाद कृपावाद बढे पछि , ठुला बडा भन्नेको पाउ मल्नु रै’छ जिन्दगानी । बाध्यतामा ईज्जत सगै स्वाभिमान बेच्नु पर्दा, पछुतोको अग्नि भित्र जल्नु रै’छ जिन्दगानी । सुख ‘शान्ति’ कस्तो हुन्छ थाहै नपाई अभावमा बुढो रुख ढले सरी ढल्नु रै’छ जिन्दगानी ।

शान्ति अधिकारी बाके मिति २०७०

देऊडा .....

========= देऊडा ============
मान बहादुर के सि मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई.

स्वास्नि- खेतिपाती अद्या दिऊकि आँफै लाउन्या हौ कि ? यै साल बिजया दशै घर आउन्या हौ कि ?? लोग्ने- खेतिपाती अद्या दिहाल आँफै लवाइ छैन यै साल दशै का बेला घरमा अवाई छैन स्वास्नि- मंगलसैन दरबार झ्यालमा घाम पर्यो दशैमा घर नआउन्या त्यस्तो क्या काम पर्यो ? लोग्ने- नौकरी मा छुट्टी माग्दा सेट छुट्टी नदिन्या याई बसेर गाऊघर सम्झि टन्न रक्सि पिन्या स्वास्नि- भनु हजुर दु:ख मान्या नभनि नहुन्या तमि त्या जाड रक्सि पिन्या म या सम्झि रुन्या ? लोग्ने- या दु:ख धेरै छन मलाई तु त्या क्या राऊदि होई साच्चि माया मान्या भया सपना आऊदि होई ?? स्वास्नि- म कति सम्झन्छौ यता हजुर क्या राऊना हौ ? तुम्रा सपना अरु आऊनि मु काहाई आऊना हौ ?? लोग्ने- यै दशै यतिकै भईग अर्का दशै आउँला साची राखेई माया प्रेम दुई मिलेर खाऊला .......
मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी ) मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई. मोबाईल- 00971-558523108 / 508627757 skype- muskan20401 Seen 11:23am Choose an emoticon

Tuesday, September 24, 2013

गजल जती चोट दिन्छौ देउ छाती थापी सहुँला म

गजल 

जीतु खड्का गाँउले 
मोरंग उर्लाबारी 

जती चोट दिन्छौ देउ छाती थापी सहुँला म 
छोडी जाने भए जाउ प्रतिक्षा मै रहुँला म|१| 

यही बेला पोखीहाल गुनासो छ भने केही
के भरोषा जिन्दगीको भोलि हुँला नहुँला म|२|

छाती भित्रै गाँठोपार नखोल भो वेदना ती
मुटु नै छ मेरो पनी भावनामा बहुँला म |३|

के सुन्छौ खै दु:खभरी काहानी छ जिन्दगीको
सुन्ने भए चुपचाप बस भोगे जती कहुँला म|४|

बे ठेगान जिन्दगी छ लक्ष बिहिन "गाँउलेको"
जता लान्छ जिन्दगीले उता उतै जहुँला म|५|

जीतु खड्का गाँउले
मोरंग उर्लाबारी
हाल- साउदी अरब

तिमी अनी उनको याद केवल हरेक रातमा चन्द्रदेव ///

तिमी अनी उनको याद केवल हरेक रातमा चन्द्रदेव ///
सरु कार्की सिन्दुपल्चोक ,रामपुर २

सारिक हुन्छौ प्रत्येक रत मीठो मीठो बातमा चन्द्रदेव //

मोबाइलका दुइ चार कुरा तस्बिर उनको साथमा बोकी //
सपनी मा संगै हुन्छन उठ्दा सिरक साथमा चन्द्रदेव //

कोसौ मिलको दुरी अनी नौ डाडा को फरक बिचमा ////
हातमा उनको चिनो अनी याद केवल साथमा चन्द्रदेव //

रातमा जुनको साथ अनी निद हुदैन यी आखामा //////
तिमी पनि छोडी जान्छौ बिहानी को प्रात्मा चन्द्रदेव ///

कपी कलम संगै उसलाई कैद गरे गजल भित्र ////////
खोजि हेर उसकै नाऊ पाउछौ खामको खातमा चन्द्रदेव///

गीत मीना पुमा राई खोटाङ्ग.....

गीत 

मीना पुमा राई 
खोटाङ्ग

नेपाली हौँ हामी आफु बाँची बचौं नेपाललाई 
नेपाली हौँ हामी आफु हाँसी हसौं नेपाललाई 

नगरौं है हेला हिङसा धर्म अनि जात जातिको 
रक्क्षा गरौँ बरु सधै हामी हाम्रो भाषा भाषीको
नसा नसा काटी हेरौं उस्ता उस्तै छ रातो रगत
मिली जुली गरौँ संघर्स एउटै छ हाम्रो जगत

उही हो माटो उस्तै बाटो पुर्ब देखि पश्चिमसम्म
हिमाल पहाड तराई मधेस उत्तर देखि दक्षिणसम्म
झरना खोला सुसाउ छ बन पाखामा गुरास रातै
चारै दिषा उज्यालो छाउछ जब हाँस्छ हिमाल सेतै 



मीना पुमा राई
खोटाङ्ग

गजल, यौटा छ जो अन्जान तारा हेरछ सधै म हिड्ने बाटो //

यौटा छ जो अन्जान तारा हेरछ सधै म हिड्ने बाटो //
सरु कार्की सिन्दुपल्चोक ,रामपुर २

पर्खिएर दिन त्यो सारा हेरछ सधै म हिड्ने बाटो //

एक छिन् नदेख्दा कती आतिंछन् माया गर्नेहरु //
तर उ त् कठैबरा हेरछ सधै म हिड्ने बाटो //...

छट्प्टीनछ नजर उसको म देख्छु कती आतीनछ उ //
भन्दैन त्यो पिडा विचरा हेरछ सधै म हिड्ने बाटो //

नबोलेरै चित्त बुझाई सम्झनाको पोको बनाई बस्छ //
एस्तो छ जो कर्महारा हेरछ सधै म हिड्ने बाटो //

सरु कार्की सिन्दुपल्चोक ,रामपुर २

गजल हैन साँच्चै हैन म नामी गजलकार ,

हैन साँच्चै हैन म नामी गजलकार ,
शान्ति अधिकारी बाके २०७०
तिमीले सोचे जस्तो दामी गजलकार ।
कोही रोगी मनका भेट्छु कोही तनका , कसरी बन्ने होला धामी गजलकार ।
लेख्नु मात्र ठुलो हैन बन्न सक्नु पर्छ , रिती तिथि संस्कृती थामी गजलकार ।
अन्यायको बिरुद्वमा बोल्दै गरीवको , बनुला र ? हृदय छामी गजलकार ।
ठुला हिड्छन घमण्डमा साना अटेरी , कता तिर जाने हो हामी गजलकार ।

शान्ति अधिकारी बाके २०७०

देऊडा.....मान बहादुर के सि...

देऊडा
मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी ) मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई.
१) धेरै खुशी भया हजुर यू.ए.ई.मा आज भनि हाल्छौ त्यो कुरा नि साथीभाईका माझ 
२) यू.ए.ई. आयाको भयो चार मैना सत्र दिन खबर सुनि छक्क पर्या म पनि एक छिन ? 
३) धेरै राम्रो लाग्यो गरे यै मुस्कान को काम नेपाली दाजु र भाईको यस्तै चलोस् नाम 
४) दिउसो चार बज्या तिर मैले खबर पाया अझै राम्रो काम गर्न्या मनमा कसम खाया  
५) कारखानाका ठुला ठुला अधिकारि आई अँगालो मा लि खेर दिन लाग्या बधाई  
६) अचम्म भ्या हजुर यानि मेरो काम देखि धित मर्दैन साचो कुरा देऊडा मा नलेखि 
७) ईस्वर सँग हाथ जोडेर गर्छौ प्राथाना यसरि नै हामी सबैको चलि जाऊ नामना

मान बहादुर के सि ( मुस्कान देऊडाप्रेमी ) मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई. मोबाईल- ००९७१-५५८५२३१०८ / ५०८६२७७५७ Skype- muskan20401