Friday, August 16, 2013

भ्रष्ट अनि अपराधिको सञ्जाल बढे पछी ,

भ्रष्ट अनि अपराधिको सञ्जाल बढे पछी ,
शान्ति अधिकारी बाके २०७०
काम बिना लुटी खाने चण्डाल बढे पछी ।
कसरी देश उभो लाग्ला भन्देउ नेपाली हो , नेता ज्यू कै घर भित्र धनमाल बढे पछी ।
गाह्रो हुन्छ भत्काउन बिचार गर आजै , सीमा मिच्दै लागाएको प्रखाल बढे पछी ।
समस्याले आक्रान्त छन् गरीब सधै यहाँ , बाँच्न गाह्रो महङ्गि नै हरसाल बढे पछी ।
मात्र एक प्रश्न थियो जवाफ नदिई टार्यौ , टार्न सक्छौ ? जनताको सवाल बढे पछी ।
शान्ति अधिकारी बाके २०७०

No comments:

Post a Comment

we will touch you back soon .