Sunday, July 7, 2013

घृणा गर्छौ मन अन्तै फर्के पछि थाहा पाएँ !

घृणा गर्छौ मन अन्तै फर्के पछि थाहा पाएँ !
रबिन प्रधान "प्रतिक" 
चिसापानी, खोटाङ्
अछुत भनि सुनपानी छर्के पछि थाहा पाएँ !!

सानो जात कहलिएँ तिम्रो ब्यवहार देखि !
छोइन्छ कि भनि पर तर्के पछि थाहा पाएँ !!

तिमी र म सँगै ज्यूनु सँगै मर्नु नहुने भो !
मिठो बोली बोल्दा पनि झर्के पछि थाहा पाएँ !!

बाँच्नलाई गार्हो रै'छ बिछोडको घाऊ सहि !
शिशा सरी मुटू मेरो चर्के पछि थाहा पाएँ !!

रुँदा खेरि किन भन्यौ मुल्य छैन त्यो आँसुको ?
बर्षाद झै अश्रु धारा दर्के पछि थाहा पाएँ !!

रबिन प्रधान "प्रतिक"
चिसापानी, खोटाङ्

No comments:

Post a Comment

we will touch you back soon .