Friday, June 21, 2013

गजल-संगै हिडने बाटो मोडे धुरुधुरु रुन्छु होला

संगै हिडने बाटो मोडे धुरुधुरु रुन्छु होला !  
जीवनमा एक्लै छोडे धुरुधुरु रुन्छु होला !! 

देउरालीको बर साक्षी फूलपाती चढाएर ! 
खाएका कसम तोडे धुरुधुरु रुन्छु होला !! 

दुई आत्माको मिलन रैछ हाम्रो माया भनी ! 
जोडिएको मुटु फोडे धुरुधुरु रुन्छु होला !! 

सयौ जुनी संगै मर्ने संगै बाँच्ने भनीकन ! 
पराइको बारी गोडे धुरुधुरु रुन्छु होला !! 

उकालीको चौतारीमा हात थामी संगै जादा ! 
अर्कै खोजी नाता जोडे धुरुधुरु रुन्छु होला !! 
हरि सिंह माल "मुस्कान" 
गोकुलेश्वर ,बैत

No comments:

Post a Comment

we will touch you back soon .