Wednesday, June 26, 2013

कति माया गर्छु तिमिलाई छैन कुनै सिमा

कति माया गर्छु तिमिलाई छैन कुनै सिमा 
शान्ति पाख्रिन तामांग 
नुवाकोट त्रिसुली ८
हरेक रात पाउछु तिमिलाई मेरो सपनीमा
चोट लाग्दा तिमिलाई पिडा हुन्छ मलाई
कहीले बुज्छौ मेरो माया सोच्छु अधेरिमा
सुरु हुन्छ मेरो दिन रात पनि तिमी बाट
राखेकि छु तिमिलाई यो मन्को तरेलीमा
हावा बहुन्जेल अनि यो ढुकढुकी चलुन्जेल
गरिरहन्छु सधै माया सजाई राखी छातीमा
अमर होस् हाम्रो माया कहीले पनि नमर्ने
लेख्ने छैन कथा बनाइ सादा रुपी कापीमा

शान्ति पाख्रिन तामांग 
नुवाकोट त्रिसुली ८
राइसिङ बजार
हाल इजरायल

सोझा सिधा जनतालाई नचाउन सक्छौ अब

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
सोझा सिधा जनतालाई नचाउन सक्छौ अब
निर्दलको हल्ला खल्ला मचाउन सक्छौ अब

जाली,झेली,कुकर्मी र अपराधी भए पनि
बन्धु बान्धव रैछन भने बचाउन सक्छौ अब

विरुद्धमा बोले भने गोर्खे लौरी उजायेर
प्रहार गर्दै ढाड सबको भँचाउन सक्छौ अब

रुघा मात्रै लागे पनि शाखासन्तान जम्मा गर्दै
बिदेश तिरै पुर्याएर जँचाउन सक्छौ अब

यो देशको महामात्य जे गर्न नि हुन्छ भन्दै
कोष जति रित्याएर पचाउन सक्छौ अब

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

दार्चुला बासी एक गास खोजि रहेछन !

दार्चुला बासी एक गास खोजि रहेछन !
हरि सिंह माल "मुस्कान"
गोकुलेश्वर , बैतडी 

बेलुका सुत्नलाई वास खोजि रहेछन !!

धन र जन जति सबै कालीले खाएसी !
बाढी संगै बेपत्ता लास खोजि रहेछन !!

बारी अनि बसोबास भए जति बगेपछि !
केही राहत पाउने आस खोजि रहेछन !!

सबै लग्यो लाउने खाने बाँकी छैन केही !
ओढ्ने ओछ्याउने कपास खोजि रहेछन !!

यत्रो घटना हुदा वास्ता नगर्ने टाउके !
सरकार संग केही खास खोजि रहेछन !!

हरि सिंह माल "मुस्कान"
गोकुलेश्वर , बैतडी
सुन्दर सुदुर पश्चिम

दैव तिमी निष्ठुर रैछौ सास लुट्यौ किन

दैव तिमी निष्ठुर रैछौ सास लुट्यौ किन
कोमल भट्ट
पुरानो नैकाप -७ ,काठमाडौँ

विचरा ! ती निर्दोषको बास लुट्यौ किन

लह लह धान झुल्थे हरियाली फाँट

ढुङ्गे बगर बनाएर गाँस लुट्यौ किन

चारैतिर कोलाहल छ को को पुगे कता
बाबु आमा सन्ततिको पास लुट्यौ किन

घर बारै बग्यो जम्मै गर्ल्याम गुर्लुम ढल्दै
हाड खोरै भेटिएनन लास लुट्यौ किन

मिलिजुली बस्थे सबै दु:ख सुख बाँड्दै
हाँस्दै खेल्दै खुसी हुन्थे रास लुट्यौ किन

छिटो राहत बाँड सरकार भन्छ "कोमल" मन
सुन पुकार निमुखाको आश लुट्यौ किन

कोमल भट्ट
पुरानो नैकाप -७ ,काठमाडौँ
हाल:- रोचेस्टर,न्युयोर्क
५ असार,२०७०

कती डिस्को धाउछेउ नानी भविष्य नी हेर ,

कती डिस्को धाउछेउ नानी भविष्य नी हेर ,सस्तो माया पाउछेउ नानी भविष्य नी हेर ।
शान्ति अधिकारी

बटो धेरै थरी हुन्छन् जिन्दगीलाई हिडाउने ,
कस्तो बाटो अपनाउछेउ नानी भविष्य नी हेर ।
धर्मशाला जस्तै ठानि सुस्ताउन खोज्दा धेरै ,
कता तिर छाउछेउ नानी भविष्य नी हेर ।
दु ख पिडा हासो खुसी गीत तिम्रो जिन्दगीका ,
कस्ता गीत गाउछेउ नानी भविष्य नी हेर ।

साह्रै सस्तो पारी जिवन जता धन देख्यो त्यतै ,
किन माया लाउछेउ नानी भविष्य नी हेर ।
शान्ति अधिकारी
बाके २०७०

Friday, June 21, 2013

गजल-संगै हिडने बाटो मोडे धुरुधुरु रुन्छु होला

संगै हिडने बाटो मोडे धुरुधुरु रुन्छु होला !  
जीवनमा एक्लै छोडे धुरुधुरु रुन्छु होला !! 

देउरालीको बर साक्षी फूलपाती चढाएर ! 
खाएका कसम तोडे धुरुधुरु रुन्छु होला !! 

दुई आत्माको मिलन रैछ हाम्रो माया भनी ! 
जोडिएको मुटु फोडे धुरुधुरु रुन्छु होला !! 

सयौ जुनी संगै मर्ने संगै बाँच्ने भनीकन ! 
पराइको बारी गोडे धुरुधुरु रुन्छु होला !! 

उकालीको चौतारीमा हात थामी संगै जादा ! 
अर्कै खोजी नाता जोडे धुरुधुरु रुन्छु होला !! 
हरि सिंह माल "मुस्कान" 
गोकुलेश्वर ,बैत

Thursday, June 20, 2013

एउटा चिठ्ठिको, उत्तर आएको छ

एउटा चिठ्ठिको, उत्तर आएको छ ।। 
उत्तर के भनौं , जहर आएको छ ।।

हिजो केहि वर्ष, कुरेर बस भन्नेको 
फेरीएको जवाफ, भर्खर आएको छ ।।

प्रेमको सिमा हुँदैन, भन्ने गर्थी उ
हो त्यो अठोटमा, बदर आएको छ ।।

आँखा चिम्लेर मुटुमा, बास दिँदाखेरी
हत्यारा मनसाय, बर्बर आएको छ ।।

मायाँको सागरमा, खडेरि परेछ नी
पत्थरहरु लिइकन, बगर आएको छ ।।

शीतालाई राम, अस्विकार भएपछी त
श्रद्धाञ्जलिहरुका लास्कर आएको छ ।।
रामशरण श्रेष्ठ
चिसापानी ६, रामेछाप