Wednesday, March 6, 2013

छोडेर साथ म देखि टाढा हरायौ त्यो दिन !

रबिन प्रधान “प्रतिक” 
खोटाङ्
छोडेर साथ म देखि टाढा हरायौ त्यो दिन !
थिएन थाहा अर्कै पो मन परायौ त्यो दिन !!

त्यो रातो सारी चुरा र पोते सजिदै डोलीमा !
लिएर जन्ती सिउँदो रातै भरायौ त्यो दिन !!

के हुन्थ्यो दिगो सम्पति हेरी गरेको बिहेमा !
बिछोड हुँदा बेहोसी बनी करायौ त्यो दिन !!

माया हो ठुलो जिबन साथि भनेकै थिए नि !
गरे’सी घात आफन्तै बाट डरायौ त्यो दिन !!

न साथ भयो न हात भयो दोधारे जिबन !
गयो’नि खेर मर्नु न बाँच्नु गरायौ त्यो दिन !!

रबिन प्रधान “प्रतिक”
खोटाङ्


posted by हरि सिंह माल "मुस्कान"

No comments:

Post a Comment

we will touch you back soon .