Wednesday, March 6, 2013

कसै संग आँखा आँखै, कुरा भए आज ।

बुद्धि मोक्तान
 

ताप्लेजुङ,कन्चनजघां 

कसै संग आँखा आँखै, कुरा भए आज ।
नबोले नि मनको बात, पूरा भए आज ।

जवानीमा नपिउँदै, कस्तो मात लाग्यो
छड्के नजर लठ्ठै पार्ने,सुरा भए आज ।

लमी किन चाहिन्थ्यो र,दुई मन मिल्दा
नयन आँफै कुरा छिन्ने छुरा भए आज ।

दाँया आँखा थोरै चिम्ली,के झिम्केको थिएँ
किन्नै पर्ने सिन्दुर पोते,चुरा भए आज ।

हिजै जस्तो लाग्छ दिन,कत्ति चाडै बित्यो
बाबा आमा भन्ने हाम्रै, भुरा भए आज ।

बुद्धि मोक्तान
 
ताप्लेजुङ,कन्चनजघां 
posted by हरि सिंह माल"मुस्कान"

No comments:

Post a Comment

we will touch you back soon .