Wednesday, March 6, 2013

कुन शब्दहरुले पुकारौ आज नारी तिमी

सागर सिल्वाल
काठमाडौँ 
कुन शब्दहरुले पुकारौ आज नारी तिमी
आत्मियता,माया र ममताको घारी तिमी 

आफै डुबेकीछ्यौ आज ठूलो सागर बिचमा 
आफ्ना यी आश्रितलाई किनारमा तारी तिमी

अरुको सुख सुबिधाहरुको ख्याल गर्दा गर्दै
जिउदै छ्यौ आफ्ना आकांक्षाहरु मारी तिमी

तिम्रो त्याग,बलिदानको तुलनै हुन्न कही
सधै बोकेकी छौ जिम्मेबरिको भारी तिमी

साक्षात भगवान मानेर आदर गर्छु सधै
मानबता जिताउछ्यौ आफु बरु हारी तिमी

आमा छोरी बहिनी दिदीको पबित्र नाममा
श्रदाले बनाई राखेकोछु दिलको बारी तिमी 


सागर सिल्वाल
काठमाडौँ 

posted by हरि सिंह माल "मुस्कान"

No comments:

Post a Comment

we will touch you back soon .