Friday, March 1, 2013

सपना ती सारा खस्दा एक्लै बसी रुनेछौ !

हरि सिंह माल " मुस्कान "
गोकुलेश्वर , बैतडी
सपना ती सारा खस्दा एक्लै बसी रुनेछौ !
बेहोसीमै माया बस्दा एक्लै बसी रुनेछौ !!

कलिलो फूलजस्तै फुलेको त्यो जवानीमा !
यौवनको मातले फस्दा एक्लै बसी रुनेछौ !!

नशालु ती आँखाहरु नयन रुपी मुहारमा !
कसैले बाहुमा कस्दा एक्लै बसी रुनेछौ !!

कलकलाउदो जोवन त्यो बगैंचा माझमा !
बिषालु सर्पले डस्दा एक्लै बसी रुनेछौ !!

चुलबुले जवानी र चन्चले त्यो मनभित्र !
दिल चोरेर कोही पस्दा एक्लै बसी रुनेछौ !!

हरि सिंह माल " मुस्कान "
गोकुलेश्वर , बैतडी

No comments:

Post a Comment

we will touch you back soon .