Saturday, December 15, 2012

कथा कविता लेख्दै जादा केही गजल बने ....

शान्ति पाख्रिन
नुवाकोट 
कथा कविता लेख्दै जादा केही गजल बने
कुनै गजल बने तर कुनै चाही असल बने

प्रेम जिबन देश लेखे कुनै नारीकानी लेखे
कुनै सुजाब बने भने कुनै एक पसल बने

चाहें सबैको मन भित्र खुसी छर्दै रहनलाइ
कहिँ बिफल भए तर कहिँचाइ सफल बने

सानो कलम भनी सबै हेप्ने गर्थे सधैभरी 
कोरे नेपाल यसैले नै अनि देश अटल बने

धनि गरीब जातजाति सबै एकै नपाली हुन्
कुनै गुलाफ बनी फुले कुनै भने कमल बने

शान्ति पाख्रिन 
त्रिसुली ८ नुवाकोट 
posted by हरि सिंह माल "मुस्कान"


No comments:

Post a Comment

we will touch you back soon .