Tuesday, December 11, 2012

रबिन प्रधान "प्रतिक"
खोटाङ्
गजल 

आशाको दियो जलेन भने मरेछ नभन्नु !
जिउने झिनो सहारा पनि टरेछ नभन्नु !!

पर्खेर कति बसेकि हौली खबर नहुँदा !
मारेर माया समुन्द्र पारि तरेछ नभन्नु !!

खाएको थिएँ बाचा त मैले फर्केर आउंछु !
सन्देश सुन्दा घटना भित्र परेछ नभन्नु !!

सम्हाली राख सजाई कुनै मुटुको कुनामा !
म तिम्रै काले पराई सिउँदो भरेछ नभन्नु !!

महल खोज्दै शहर भरि बिर्सेर प्रित यो !
छोडेर झुप्रो बसाई अन्तै सरेछ नभन्नु !!

बिबस भई बाँच्नु नै पर्छ दैबको खेलमा !
भेट्टीने हाम्रो दोबाटो बन्द गरेछ नभन्नु !!

रबिन प्रधान "प्रतिक"
खोटाङ्


posted by हरि सिंह माल "मुस्कान "

No comments:

Post a Comment

we will touch you back soon .