Thursday, December 13, 2012

सम्पति होइन'आत्मसम्मान'हुनु पर्यो...


राधिका कुइंकेल खनाल
नुवाकोट
कागजि होइन अन्तरमनमा बिधान हुनु पर्यो, 
काम माम दिएर हुन्न आत्मसम्मान हुनु पर्यो।

मानसिकता पुरानै छ नाटकिय ढांचा मात्र,
स्वतन्त्रता र स्वच्छन्दताको पहिचान हुनु पर्यो।

मानसिक परिवर्तनले मात्र सक्षम बन्छन् नारी,
शृस्टिकर्ता नारीलाइ बुझ्ने सन्तान हुनु पर्यो।

भन्छन् सबै कानुन नै नारीबादि भयो अचेल,
घर घरको हिंम्सा सांच्चै अबशान हुनु पर्यो।

आफ्नै हुन्छन् इच्छा अनि लक्ष हुन्छन् आफ्नै,
निर्णयको हरेक् मोडमा उचित स्थान हुनु पर्यो !

राधिका कुइंकेल खनाल
नुवाकोट
हाल :काठमाडौँ 
posted by हरि सिंह माल "मुस्कान"


No comments:

Post a Comment

we will touch you back soon .