Saturday, December 15, 2012

तिम्रो नाममा धेरै लेखे अब लेख्दिन

आरति अधिकारी
इटहरी 
तिम्रो नाममा धेरै लेखे अब लेख्दिन 
आफ्नो खुसि गर तिम्रो बाटो छेक्दीन 

एक्लै बस्छु तिम्ले बरु अन्तै रोजे नि 
मृत्यु रोज्छु.... पराइको संघार टेक्दीन 

भुल्ने कोसिस नगरेको हैन मैले पनि 
नजर खोल्छु तिमि भन्दा अरु देख्दिन 

चुहाएर अश्रुधारा भिजेका यी नयनलाइ 
पराइको पछेउरी मा कैले सेक्दीन

तिम्रै यादमा सारा जीवन काट्छु रोएरै
संगालेर राक्छु चिठी फोटो फेक्दीन





आरति अधिकारी 


इटहरी 


posted by हरि सिंह माल "मुस्कान"

No comments:

Post a Comment

we will touch you back soon .