Saturday, December 15, 2012

हाम्रो देशका नेतालाई लड्न पाए भैगो

कोमल भट्ट
काठमाडौँ 
हाम्रो देशका नेतालाई लड्न पाए भैगो 
जसरी नि कुर्सी माथि अड्न पाए भैगो

काग जति कराउंछ पिना सुक्दै जान्छ
महँगा र राम्रा वाहन चड्न पाए भैगो

जनताको के को वास्ता जे भएता पनि 
दिन दिनै नगद मौज्दात बड्न पाए भैगो 

बनाएर आठ दस ओटा गगनचुम्बी घर
चारै तिर चिल्ला पत्थर जड्न पाए भैगो

किन गर्नु सुधार यहाँ शैक्षिक क्षेत्रलाई
आफ्ना सन्तान बिदेशमा पढ्न पाए भैगो

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

2 comments:

  1. प्रिय हरि सिंहजी तथाबैतडी नेपाल बलगस्पोट.कम
    अत्यन्तै माया,सद्भाव र स्नेह दर्शाएर मेरो रचना प्रकाशित
    गरिदिनुभएकोमा हार्दिक आभार तथा कोटी कोटी धन्यवाद ब्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु l

    ReplyDelete
  2. hajur srstaka sirjanaharu lai sabi samu falaune mero udesy ho .......hajur lai swaagat chha.mero blog maa.....

    ReplyDelete

we will touch you back soon .