Saturday, December 15, 2012

धेरै लेखियो भावना गजलमा

अस्मि जी एम
पोखरा 
धेरै लेखियो भावना गजलमा 
गर्दै अनेकौं भर्सना गजलमा 

पार्दै ब्याकुल कहिले मन शान्ता 
हेर्नु हेरियो जोखना गजलमा

कहिल्यै आँखा खुलेन जनताको
ब्यर्थै छरियो चेतना गजलमा

कन्याई आफ्नै उँडाइ छारो ज्युको
कोरियो लाखौँ बेदना गजलमा

नबुझ्दा शक्ति जनले कलमको
बेकार भो थोप्नु रचना गजलमा

रात् भरि करायो दक्षिणा हरायो
मेटियो रम्ने चाहना गजलमा!!


अस्मि जी एम 


पोखरा 


posted by हरि सिंह माल "मुस्कान"

No comments:

Post a Comment

we will touch you back soon .