Friday, December 14, 2012

भमरा देखेर फूलहरु गर्जिन्छन्

लक्ष्मण 'मिलन' विष्ट
कालिकास्थान अछाम
बिग्रेका भत्केका पुलहरु गर्जिन्छन्..!! 
काकाकुल पानीका मुलहरु गर्जिन्छन्..!! 

सडकमा आन्दोलन चुलियो एक्कासी.. 
सुनिन्छ कतै पेस्तुलहरु गर्जिन्छन्..!! 

रमिता अनौठो देखिन्छ अचेल त.. 
भमरा देखेर फूलहरु गर्जिन्छन्..!! 

मञ्चमा बुख्याँचा उफ्रेको सुन्दै झन्.. 
समिपै निर्दोष टेबुलहरु गर्जिन्छन्..!! 

म जस्तै अज्ञानी अन्धा छन् वस्तिमा.. 
नजाने किन स्कुलहरु गर्जिन्छन्..!! 

लाम्खुट्टेहरुको ताँती छ दरबारमा.. 
त्यसैले बिचरा झुलहरु गर्जिन्छन्..!! 


लक्ष्मण 'मिलन' विष्ट
कालिकास्थान अछाम

posted by हरि सिंह "माल मुस्कान"

No comments:

Post a Comment

we will touch you back soon .