Saturday, December 15, 2012

को दिन्छ जबाफ सबाल मात्र देख्छु म

जीतु खड्का गाउले मोरङ उर्लाबारी 

को दिन्छ जबाफ सबाल मात्र देख्छु म
सबैको आँखामा आहाल मात्र देख्छु म||
किसानको छोरा उ थाकेन जोतेर हलो
उसैको घरमा अनिकाल मात्र देख्छु म||

जलेरै खरानी हुने भो यो गाउ बस्ती
सबैको हातमा मसाल मात्र देख्छु म||

देखेर सपना झस्कन्छु हर रातमा
टुक्रदै गरेको नेपाल मात्र देख्छु म||

मौलाउदै गरेको खेती भो गजल यहाँ
सिकाउने गुरुकै संन्जाल मात्र देख्छु म||
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
 posted by हरि सिंह माल "मुस्कान"

2 comments:

  1. धय्नाबाद मेरो गजल लाइ स्थान दिनु भएकोमा

    ReplyDelete

we will touch you back soon .