Thursday, December 13, 2012

छातीमा तिम्रो तस्बीर टासेर बाच्या'छु

सागर सिलवाल
काठमाडौँ 
छातीमा तिम्रो तस्बीर टासेर बाच्या'छु 
दुनियाको अघि मुस्किलले हासेर बाच्या'छु 

मनमा छटपटी त्यसै त्यसै बढीरहन्छ 
इच्छा अनि आकाक्षालाई तासेर बाच्या'छु 


आफ्नै अस्तित्वको पनि ठेगान भएन मलाई
आफु उभिएको धर्तीलाई भासेर बाच्या'छु

फेरि कल्पना र चाहना किन जाग्छ मलाई
सुन्दर सपनाहरुलाई मैले मासेर बाच्या'छु

तिमी पराई भएर के भो माया पराई भएन
तिम्रो यादहरुको माला गासेर बाच्या'छु 

*सागर सिल्वाल*

काठमाडौँ

posted by हरि सिंह माल "मुस्कान"

No comments:

Post a Comment

we will touch you back soon .