Monday, December 10, 2012

धेरै साल बिती सक्यो प्रदेशमा बास मेरो !



रबिन प्रधान "प्रतिक"
खोटाङ्
धेरै साल बिती सक्यो प्रदेशमा बास मेरो !
बाकसमा जान्छ होला यहाँ बाट लाश मेरो !!

बचाउन पनि कोहि छैन यहाँ एक्लो छु म !
छिटो छिटो बेजोडले चली रैछ सास मेरो !!

सहारा नै छैन केहि जिउनु नी कसरि हो !
मरी सक्यो संसारमा बाँच्ने झिनो आश मेरो !!

लक्ष्य मेरो यहि सम्म बिदेशीको चाकडीमा !
बाध्यता हो बिदेशिनु थे’न अरु खास मेरो !!

अन्जानमा छोए मैले पानि पनि नचल्ने रे !
रुढिबादी संस्कारमा खोसिएछ गाँस मेरो !!

रबिन प्रधान “प्रतिक”
खोटाङ्

1 comment:

  1. हार्दिक धन्यबाद अनि आभार प्रकट गर्दछु मित्र "हरि" जी प्रति |

    ReplyDelete

we will touch you back soon .