Friday, November 30, 2012

गजल ............ वाचा कसम खायौ होला ??



सँगै जिउने सँगै मर्ने बाँचा कसम खायौ होला !

मलाई छोडी अर्कैसँग माया प्रिती लायौ होला !!


देउराली  र चौतारीमा खेलेका ती  क्षण पनि !

पराईको अँगालोमा मिठो  धुन गायौ  होला !!


आउने बाटो  कुरिरहे दोबाटोमा आँखा बिछ्याई !

मेरो  साथ  लत्याएर पराई  घर धायौ होला !!


राखेको  थें सम्हालेर  मुटु अनि धड्कन भित्र !
गजल

म भन्दा नि सम्पत्ति वाल राम्रो बर पायौ होला !!


देखेका ती सपना नि मैले दु:ख सुख सँगै ज्युने !

जुनेलीको जुन  बनि चारै  तिर छायौ होला !!


जीवन दिन्छु जुनि  भनि आज  कता गयौ तिमी !

उसले  जब छोड्यो अनि  यतैतिर  आयौ होला !!


हरि सिंह माल "मुस्कान "

गोकुलेश्वर ,बैतडी 


No comments:

Post a Comment

we will touch you back soon .