Sunday, June 29, 2014

गजल ..... परदेशीको मन मुटु रुवाएर गयो दशैं !

गजल
हरि सिंह माल "मुस्कान' गोकुलेश्वर , बैतडी सुन्दर सुदुर पश्चिम




परदेशीको मन मुटु रुवाएर गयो दशैं ! गहभरी फेरी आँसु चुहाएर गयो दशैं !! मिठो खाने राम्रो लाउने गरे होला हुने ले त गरिबलाई आटो पिठो खुवाएर गयो दशैं !! सम्झदै छु संगै खेल्ने साथिहरु रमाउदै हुन् यस्तै यादमा मलाई भने भुलाएर गयो दशैं !! बिरानो यो क्षितिजपारी बसे कति तड्पिएर परदेशीको उठ्को हाँसो लुकाएर गयो दशैं !! जसो तसो खायौ लायौ चाड मनायौ तर कठै ! गरीबलाई तमासुक पो बुझाएर गयो दशैं !! हरि सिंह माल "मुस्कान' गोकुलेश्वर , बैतडी सुन्दर सुदुर पश्चिम हाल : क्षितिज पारी बाट