Thursday, August 22, 2013

ओइलायो फुल चारै तिर झार छ आज

ओइलायो फुल चारै तिर झार छ आज !
सरु कार्की सिन्दुपल्चोक ,रामपुर २

किन किन खै मन यो मन दोधार छ आज !!

मुखमा राम बगलीमा छुरा भिर्ने भिड भित्र ! रोमालिए केवल आशा आधार छ आज !!

भनाइ र गराई मा आकाश पाताल फरक भेटे ! म हिड्ने बाटोमा तरवारको धार छ आज !!

आखा चिम्ली गरेको बिस्वास को क्ष्यति भयो ! हिड्न खोज्छु खुट्टा बन्ने तार छ आज !!

बाचा र बोलीमा टुंगो नहुने प्राणी मानिस रैछ ! उफ्फ़ मान्छे हुनु पनि केवल बेकार छ आज !!

सरु कार्की सिन्दुपल्चोक ,रामपुर २

2 comments:

  1. wow wow looking so nice gajl really bishnuthapa67@gmail.com
    कागजमा कोरिएका कुराहरू मेटिएलान्
    हृदयमै कोरेपछि जुनी-जुनी मेटिँदैनन्

    ReplyDelete

we will touch you back soon .