Sunday, November 11, 2012














दाजु आउने मूल बाटो हेरी राखेकी छु !
नयाँ नयाँ लत्ता कपडा फेरी राखेकी छु !!


चारैतिर रङ्गी चंगी फुलहरु फुलेका छन् !
सप्तरंगी टिका लिई फोटो घेरी राखेकी छु !!


गाउँघर सुगन्ध छ मिठो खाना पकाएर !
आर्सा , सेल रोटी अनि जेरी राखेकी छु !!


सबका भाई घर आए मेरा दाजु प्रदेशमा !
हातमा चुरा पहेंलो सारी बेरी राखेकी छु !!


खेत भरी धानबाली लह लह झुलेका छन् !
काटी चुटी भित्र हाली आधा सेरी राखेकी छु !!


हरि सिंह माल "मुस्कान "
गोकुलेश्वर , बैतडी












1 comment:

we will touch you back soon .